सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले माघ २२ गते न्यायका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएर पहल थालेको छ ।
आठ वर्षदेखि विभिन्न किसिमका याताना दिँदै आएको भन्दै माघ २२ गते नै पीडित महिलाले इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहलाई लिखित रूपमा उजुरी गरेपछि सोही दिनमै न्यायको माग गर्दै प्रहरीमा इन्सेकले उजुरी गरेको हो ।
विगत केही वर्षदेखि कुटपिट, खाना लाउन, नदिएको भन्दै घरेलु हिंसाबाट पीडित भएकी बाँचुले करङ् समेत भाँचिएको बताएकी छन् ।
गत वर्ष दोजाम प्रहरी चैकीमा उजुरी गरेको भएपनि समस्या समधान हुन नसकेको उनको गुनासो छ ।
महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज युक्त खाँडले आरोपित जोर बोहोरालाई झिकाएर छलफल गरी पीडित महिलालाई न्याय दिलाउने जानकरी गराए ।
घरेलुहिंसाबाट पीडित महिलाको बासस्थान, खानपिन र स्वास्थ्य उपचारको लागि इन्सक प्रतिनिधिले सरोकारवालासँग पहल थालेको बताएका छन् ।