INSEC Online

📅 २०८३ जेष्ठ २१

थप दाइजोको निहुँमा हिँसा गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता

गणेशमान चारनाथ नगरपालिका–८ की २८ वर्षीया चाँदनी देवी मण्डलले ३० वर्षीय पती सिकेन्द्र मण्डलविरुद्ध ०८२ पुस २५ गते जिल्ला अदालत धनुषामा घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेकी छन्।

पीडितको अनुसार विवाहमा एक थान पल्सर मोटरसाइकल, ५ लाख रुपियाँ नगद, पाँच आना सुन तथा फर्निचरका सामग्रीहरू दाइजो दिए पनि थप दाइजोको माग गर्दै पतिले मानसिक तथा शारीरिक यातना दिने गरेको माइती पक्षले आरोप लगाएका छन्।

पीडित महिलाले ०८२ असार ३ गते घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दिएपछि असार २१ गते दुवै पक्षबीच भएको छलफलका क्रममा मिलापत्र भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ । पति र पत्नी बीच मेलमिलाप भए पिन पुन: पटक पटक दाइजोको कारण हिंसा खप्नु परेको भन्दै अदालतमा मुद्दा दर्ता गराएको पीडितले बताइन् ।

सन्तोष कुमार यादव

अन्य

भिडियो