INSEC Online

📅 २०८३ जेष्ठ २१

विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

विषालु च्याउ खाँदा एकै गोरखा नगरपालिका–१३ बस्ने हिरा पहरीका परिवार नै बिरामी भएका छन् । ०८२ पुस २१ गते विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मकवानपुर बागमती नगरपालिका–१३ घर भई गोरखा नगरपालिका –१४ बस्ने ३० वर्षीया हिरा पहरी, १२ वर्षीय किसान पहरी, ६ वर्षीय हिमाल पहरी र पाँच वर्षीया सुजिता पहरी रहेका छन् । उनीहरु सबैको उपचार आँबुखैरेनी अस्पतालमा भयो ।

घर नजिकै रहेको परालको टौवामा उम्रेको च्याउ तरकारी खाँदा पहरीका परिवार नै बिरामी परेको जिल्ला प्रहरी कार्यलय गोरखाका इन्स्पेक्टर राजन लम्सालले बताउनु भयो ।

हरीराम उप्रेती

अन्य

भिडियो