आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इनरूवा नगरपालिका–२ का २८ वर्षीय एक युवकविरूद्ध पीडित पक्षले प्रहरीमा माघ २१ गते उजुरी दिएको छ
पीडित बालिकालाई आरोपितले माघ २० गते साँझ बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले २१ गते प्रहरीमा उजुरी दिएपछि सो उजुरी दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी सई बिनु बस्नेतले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २१ गते गरिएको छ । आरोपित फरार रहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।