गढीमाई नपा–४ की २२ वर्षीया सुनालीदेवी साहलाई ५० वर्षीय ससुरा लगन साह र ३० वर्षीय जेठाजु लखिन्द्र साहले माघ १८ गते साँझ कुटपिट गरी घाइते बनाए ।
पीडित महिलाको विवहा २७ वर्षीय हरिन्द्र साहसँग आफ्नो जातीय परम्परा अनुसार गत वैशाख महिनामा गरिएको थियो ।
पति हरिन्द्र अपाङ्गता भएका व्यक्ति हुन् । उनमा अपाङ्गता भएकाले आरोपितहरूले लखिन्द्र साहसँग जबरजस्ति विवाह गर्नुपर्छ भनी दबाब दिएका पीडितले बताइन् ।
आरोपित लखिन्द्रले जबरजस्ति सिन्दुरलगाउनलाग्दा पीडितले प्रतिकार गर्दा आरोपितहरूले लाठी तथा लाती र मुक्काले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् ।
कुटपिटबाट पीडितको पाखुरा, तिघ्रा, टाउकोलगायत शरीरको विभिन्न अङ्गमा चोटपटक लागेको छ ।
घाइते पीडितको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भइरहेको छ । आरोपितहरू उपर कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिने तयारी भइरहेको पीडितले बताइन् ।