नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडीमा माघ १९ गते बिहान आगजनी गरेका छन् ।
पोखरा मनपा–७ स्थित घरेलु कार्यालय अगाडि बा १ झ ५८७९ नं को गाडीमा सो सङ्गठनका दुई जना कार्यकर्ताले आगजनी गरेर भागेको प्रहरीले जनायो ।
शनिबार देशभरमा सरकारी गाडी चल्न नदिने पुर्व निर्धारित कार्यक्रम अनुसार गाडी आगजनी गरिएको नेविसङ्घ पूर्व केन्द्रीय सदस्य सरोज केसीले बताए ।
जलाइएको उक्त गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको डेरा मासबार गएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की एसपी ओम रानाले जानकारी दिए ।
