११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, नवलपरासी (पश्चिम)ले रामग्राम नगरपालिका– १६ सुक्रौलीका राहुल बर्मालाई १८ वर्ष कैद र ७ लाख रुपियाँको जरिबानाको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश रामानन्दप्रसाद अधिकारीको ०८२ पुस २१ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै १८ वर्ष कैद र ७ लाख रुपियाँ जरिबाना हुने फैसला गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेश यादवले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २४ गते जिल्ला प्रहरी कार्यालय,परासीमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेकोमा माघ १८ गतेको जिल्ला अदालतको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।