INSEC Online

📅 २०८३ जेष्ठ २२

मालपोत कार्यालयका कर्मचारीलाई दुर्व्यवहार

मालपोत कार्यालयका नायव सुब्बा २५ वर्षीय नरबहादुर घर्तीलाई कार्यालयमा काम गरिरहेको समयमा माघ १६ गते नेपाल कम्युनिष्ट पार्टी वैद्य समूहका कार्यकर्ता २८ वर्षीय हिमाल शाहीले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
घर्तीलाई भ्रष्टाचार गरेको आरोपमा शाहीले कार्यालयमा काम गरिरहेको समयमा पछाडिबाट आएर मोसो दलेर भागेको मालपोत कार्यालयकी प्रमुख लक्ष्मी खत्रीले बताइन् । घटनामा संलग्न शाहीको खाजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

अन्य

भिडियो