ईश्वरपुर नगरपालिका–२ राईटरखोरका सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत वन चौकीदार ४७ वर्षीय रामईश्वर महतोको ०८२ पुस १९ गते बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय रामु भनिने रामुली महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुस २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने टाउको पुस २० गते साँझ जंगलभित्र झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
चौकीदार रामईश्वर महतो २०८२ पुस १९ गते बिहान रुख काटिरहेको सूचना पाएपछि साइकलमा घरबाट जंगलतर्फ निस्किएका थिए ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल मलंगवा पुस २१ गते गरियो ।