नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति दैलेख दुल्लु निवासी ५६ वर्षीय धनेश्वर नेपालमाथि मोसो छ्यापेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–६ का ३९ वर्षीय शेरबहादुर परियारलाई गिरफ्तार गरेको छ ।
अज्ञात समूहले ०८२ पुस ६ गते तुलसीपुर उमनपा–१८ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा रहेको उपकुलपति निवासमै पसेर उपकुलपति नेपालमाथि कुटपिट तथा मोसो छ्यापेर फरार भएका थिए । घटनामा संलग्न रहेको आरोपमा परियारलाई घोराही उमनपा–१ बाट पुस १८ गते गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले पुस २१ गते जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।