INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार 

पत्नी हत्या घटनाका आरोपितलाई प्रहरीले आठ वर्षपछि गिरफ्तार गरेको छ।

भोजपुर नगरपालिका–६ देउराली टोलकी ४५ वर्षीया अम्बिका श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय पति नारदमणि राईलाई पुस १८ गते गिरफ्तार गरेको हो।

०७४ साउन १९ गते ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठको घरायसी विवादका क्रममा हत्या गरी नारदमणि फरार भएका थिए।

मोरङको बेलवारी नगरपालिका क्षेत्रमा लुकेर बस्दै आएका आरोपितलाई ०८२ पुस १८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका डिएसपी राजु लामाले बताउनु भएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो