विजयनगर गाउँपालिकामा माघ १८ गते गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा कोषाध्यक्ष दिपक खडकामाथि दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासङ्घ शाखा कपिलवस्तुले निन्दा एव भत्र्सना गरेको छ ।
सुशासन र जबाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल पत्रकार महासघ कपिलवस्तुको सहजिकरणमा ङरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय लोकबहादुर श्रीस, मदन सापकोटा, कृष्ण सापकोटा र कमल सापकोटाले पत्रकार खड्का, गाउँपालिका अध्यक्ष गोपाल खडकालगायत कार्यक्रममा सहभागी अन्य पत्रकारहरूलाई समेत दुर्व्यवहार गरी गाली गलौजसमेत गरेका थिए ।
गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा, सेवाग्राहीको गुनासो, सन्तुष्टी तथा सुझाव सङ्कलन गर्दै जनताको सहज पहुँच र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित सार्वजनिक सुनुवाइमा व्यक्तिगत द्वेषका कारण गालीगलौज गरेको पीडित पक्षको आरोप छ ।
त्यसरी अभद्र व्यवहार गर्नु गलत भएको ठहर गर्दै त्यस्ता व्यवहार आगामी दिनमा सच्याउन नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसाल र सचिव हरि अधिकारीद्वारा माघ १९ गते जारी प्रेस विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।