आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका दुई जना कैदीबन्दीहरूलाई प्रहरीले ०८२ पुस १७ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा चोरी मुद्दाका लमजुङ बेशीशहर नगरपालिका–१० खासुरबेशीका ३५ वर्षीय टेकबहादुर गुरुङ र ज्यान मार्ने उद्योग मुद्दाका लमजुङ दोर्दी गाउँपालिका–४ कुप्लिङका २८ वर्षीय कुमार बि.क. रहेको लमजुङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितहरुलाई सजाय भुक्तानका लागि कास्की कारागार पठाइएको छ ।