आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा १७ मतदान केन्द्र थप गरिएको छ । निर्वाचन आयोगले मतदातालाई मताधिकारका लागि सहजता ल्याउन जिल्लामा ६ मतदान स्थल र १७ मतदान केन्द्र थप गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो ।
संख्या थपिएपछि दाङमा १ सय ५९ मतदान स्थल र ४ सय ८२ मतदान केन्द्र भएका छन् । ०७९ को निर्वाचनमा दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र थिए । मतदातालाई असुविधा भएको भन्दै निर्वाचन कार्यालयले जिल्लाबाट नौ मतदान स्थल थप गर्न सिफारिस गरेको थियो । तर निर्वाचन आयोगले जिल्लामा अरु १७ मतदान स्थल कायम हुने गरी जम्मा ६ मतदान स्थल थप गरेको सूचना अधिकारी कवरले जानकारी दिनुभयो ।