INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय काका बाबुलाई ०८२ पुस १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई पुस १३ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले पुस १६ गते इलाका प्रहरी कार्यालय वाणगंगामा उजुरी दिएको छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाइएकोे र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण पुस १५ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो