INSEC Online

📅 २०८३ जेष्ठ २१

जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा २०८२ पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा यस  कार्यालयले तयारी, व्यवस्थापन तथा समन्वयको काम र जिम्मेवारी सम्हाल्ने मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले बताउनु भयो । कार्यालयले उम्मेदवारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र अन्य निर्वाचनसम्बन्धी अनुगमन र निगरानी गर्ने पुरीले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा ३ सय ७९ मतदाता छन्, जसको कुल मतभार १० हजार ८ सय ३९ रहेको छ। प्रदेश सभा सदस्यतर्फ १ सय ७ मतदाता छन्, प्रत्येकको मतभार ५३ कायम गरिएको छ। जसअनुसार प्रदेश सभा सदस्यतर्फको कुल मतभार ५ हजार ६ सय ७१ छ। त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २ सय ७२ मतदाता रहेका छन्, जसको मतभार १९ कायम गरिएको छ ।  त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिको कुल मतभार ५ हजार १ सय ६८ छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो