INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागारबाट आन्दोलनका क्रममा भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा भागेका गैँडा कारोबार मुद्दामा १० वर्ष कैद ठहर भएका कालिका नगरपालिका–९ का ३६ वर्षीय तारा चेपाङलाई इलाका प्रहरी कार्यालय जुटपानीबाट खटिएको प्रहरी टोलीले ०८२ पुस १२ गते कालिका नगरपालिका–९ शेरबासबाट गिरफ्तार गरेको छ ।

अभियुक्त चेपाङलाई पुस १३ गते कैद भुक्तानका लागि जिल्ला कारागार भरतपुर पठाइएको चितवन प्रहरी प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनु भयो ।

अभियुक्त चेपाङले गैँडा मारी खाग बिक्री गरेको मुद्दामा ०७७ माघ ५ गतेदेखि थुनामा रहेका थिए । चितवन जिल्ला अदालतले अभियुक्त चेपाङलाई ०८० फागुन १० गते १० वर्ष कैद सजाय तोकेको थियो ।

उनी कैद बापत ०८७ माघ ४ गतेसम्म थुनामा रहनुपर्नेमा गत भदौ २४ गते जिल्ला कारागारबाट भागेका थिए ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो