INSEC Online

📅 २०८३ जेष्ठ २१

केन्द्रीय कारागारबाट भागेका कैदी पर्साबाट गिरफ्तार

आन्दोलनको क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडाैँबाट भागेका कैदी ३२ वर्षीय बिवेकलाल साह कानुलाई  ०८२  पुस ८ गते प्रहरीले पर्साबाट गिरफ्तार गरेको छ ।

वीरगन्ज महानगरपालिका –४ बिर्ता टोलमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा साहलाई गिरफ्तार गरिएको पर्साका डिएसपी राजु कार्कीले जानकारी दिनु भयो । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका उनलाई  पुस ९ गते नै वीरगन्ज कारागारमा बुझाइएको  प्रहरीले जनाएको छ ।

तुलसी भण्डारी

अन्य

भिडियो