१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका–१ मुरुङेकी ३२ वर्षीय सेरप मुक्तानलाई ०८२ पुस ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाइृ ०८२ मंसिर २७ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण पुस ८ गते हेटौंडा अस्पतालमा गरिएको छ ।