आन्दोलनको क्रममा कारागारबाट भागेका तीन जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट पुस ३ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा बुद्धभुमी नगरपालिका–९ का कर्तव्य कसुरका अभियुक्त भिकु थारु, कृष्णनगर नगरपालिक– ४ का कर्तव्य ज्यान कसुरका विनित मिश्र र कृष्णनगर नगरपालिका– १० का कर्तव्य ज्यान मुद्दाकै महिराज अहम्द भाट रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनु भयो ।
कपिलवस्तु कारागारबाट भागेका १ सय २१ जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।