INSEC Online

📅 २०८३ जेष्ठ २१

केन्द्रीय कारागारबाट फरार कैदी भारतमा मृत फेला

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार सुन्धारा, काठमाण्डौबाट फरार कैदी भारतमा मृत फेला परेका छन् ।

केन्द्रीय कारागार कार्यालय, सुन्धाराबाट कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते फरार भएका बिर्तामोड नगरपालिका- ३ का ४० वर्षीय आलम मियाँ ०८२ पुस ११ गते भारतमा मृत अवस्थामा फेला परेका हुन् ।

भारतको हिमाञ्चल प्रदेशको एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा कार्यरत मियाँ ०८२ भदौ ११ गते मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादु खड्काले बताउनु भयो ।

मियाँ बलात्कार मुद्दामा दोषी ठहर भइ ०७८ देखि केन्द्रीय कारागारमा कैद भुक्तान गर्दै आइरहेका थिए ।

शव भारतीय प्रहरीको सहयोगमा पुस १२ गते भारतको गलगलिया हुँदै नेपालको भद्रपुर सीमा नाकाबाट घर ल्याइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

पीडित पक्षले मेचीनगर नगरपालिका- ८ मा रहेको निन्दा खोलामा पुस १३ गते शवको सद्गत गरेको छ ।

नरेश खाती

अन्य

भिडियो