३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नुवाकोटले विदुर नपा–१३ का ३६ वर्षीय सुरेन्द्र तामाङलाई पाँच वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै माघ १५ गते पाँच वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
पीडित महिलालाई तामाङले ०७४ माघ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
तामाङलाई प्रहरीले माघ २५ गते नै गिरफ्तार गरी अनुसन्धान अघि बढाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।