INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसूरदारलाई १० वर्ष कैद सजायकाे फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख रुपियाँ जरिबाना गरेको छ । जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट पुस ९ गते उक्त सजाय भएको सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

०८१ वैशाख १३ गते ललाईफकाई गरेको बलात्कारबाट गर्भ रहन गएको जनाउँदै पीडित पक्षले ०८१ कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । उजुरी लगतै अदालतको अनुमतिमा ०८१ कात्तिक २१ गते कर्णाली प्रदेश अस्पतालमा सुरक्षित गर्भपतन गराई मुद्दाको अनुसन्धान थालिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते दैलेख अस्पतालमा भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०८१ मंसिर ४ गते जबरजस्ती करण घटनाको अभियोग दर्ता गराएको थियो । सोही दिन जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

पीडित बालिकाले कसूरदारलाई गर्भ रहेको जानकारी गराउँदा समेत बेवास्ता गरेपछि ६ महिनाको गर्भ बोकेर प्रहरीको सहायता मार्फत कानूनी प्रक्रिया थालिएको थियो । कसूरदारकै बलात्कारबाट गर्भ रहेको भन्ने डीएनए पुष्टी गरेको आधारमा अदालतले कसूरदारलाई सजाय गरेको हो ।

 

अमर सुुनार 

अन्य

भिडियो