INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट भागेका कैदीबन्दी सिरहाबाट गिरफ्तार

आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई प्रहरीले ०८२ पुस ६ गते सिरहाबाट गिफ्तार गरेको छ ।

केन्द्रीय कारागार बसुन्धारा काठमाण्डौबाट भागेका लागु औषध मुद्दाका कर्जन्हा नगरपालिका–२ का ३२ वर्षीय विश्वामित्र महतो र सिन्धुली कारागारबाट भागेको कर्जन्हा नगरपालिका–३ का २७ वर्षीय महादेव मंडल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माले बताउनु भयो । गिरफतार गरिएका कैदीहरुलाई जिल्ला कारागारमा समन्वय गरी सम्बन्धित कारागारमा पठाउने एसपी शर्माले बताउनु भयो ।

दुर्गा परियार

अन्य

भिडियो