INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये सात जना हालसम्म उपचाररत

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नव युवा पुस्ताहरुले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा घाइते भएका मध्ये सात जनाको हालसम्म उपचार भइरहेको छ ।

उपचाररत घाइतेहरुमा दैलेखका २९ वर्षीय प्रकाश बहादुर बोहोराको बायाँ खुट्टामा, डडेलधुराका २२ वर्षीय मुकेश अवस्थीको पनि बायाँ घुँडामा, सिन्धुपाल्चोकका २२ वर्षीय अभिषेक श्रेष्ठको बायाँ घुँडा र खुट्टामा गोली लागेपछि ०८२ भदौ २३ देखी हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर–२ का २६ वर्षीय सन्तोष बोहोराको बायाँ घुँडामा गोली लागेपछि ०८२ भदौ २४ गते देखी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । काभ्रेका २४ वर्षीय कमल घिमिरेको तल्लो खुट्टामा चोट लागेपछि ०८२ भदौ २३ गते देखी काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया पश्चात उच्च स्याहारसुसार (हाइ केयर) सहित उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापाको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीव्र श्वासप्रश्वास समस्या ९ब्अगतभ क्म्ज् चबध भााभअत० का कारण ०८२ कात्तिक १ गते देखि उपचाररत छन् ।

त्यस्तै सर्लाहीका २५ वर्षीय राकेश कुमार महतोको स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरमा ०८२ असोज २७ देखी केन्द्रिय मेरुदण्डको उपचार भइरहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर कुमार अधिकारीले बताउनु भयो ।

अनमोल पन्त

अन्य

भिडियो