१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ८ सान्ताङका २९ वर्षीय मानबहादुर राईलाई
०८२ पुष ५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८२ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुष ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ६ गते गरिएको छ ।