रुन्टिगढी गाउँपालिका–५ की ५२ वर्षीया रिमा परिवारको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति अमराज दमाईलाई ०८२ पुस ५ गते गिरफ्तार गरेको छ ।
०८२ पुस ५ गते पतिको कुटपिटबाट घाइते भएकी रिमाको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र, होलरी लगिएकोमा मृत्यु भएको थियो ।
मादक पदार्थ सेवन गरी पत्नीलाई कुटपिट गर्दा उपचारको क्रममा मृत्यु भएको भन्दै पीडित पक्षले आरोपित पति विरुद्ध पुस ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका इन्स्पेक्टर सुनिल थापाले बताउनु भयाये ।
शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल, रेउघामा राखिएको र पोष्टमार्टमपश्चात शव आफन्तलाई बुझाइने समेत इन्स्पेक्टर थापाले बताउनु भयो ।