त्रिपुरासुन्दरी गाउँपालिका–४ की अपाङ्गता भएकी ४१ वर्षीया एकल महिला रत्नमाया थामीलाई अपरिचित व्यक्तिले फलामको घन प्रहार गरी हत्या गरेको अवस्थामा पीडितकै घरमा माघ १४ गते शव फेला परेको छ ।
अविवाहित थामी शारीरिक रूपले अपाङ्गता भएकैले एकल रूपमा बस्दै आएकी थिइन् । राति घरमा सुतिरहेको अवस्थामा आफ्नै कोठामा भएको फलामको घनले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट लाश फेला परेको सोही वडाका वडा अध्यक्ष भोटोला थामीले बताए ।
अध्यक्षका अनुसार शवको पोष्टमार्टमको लागि काठमाडौँ स्थित शिक्षण अस्पताल लगिएको छ । हत्यामा संलग्न व्यक्तिहरूको अनुसन्धान गरी खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरीचौकी पिस्करको संयुक्त प्रहरी टोली अनुसन्धानको लागि घटनास्थल आसपासमा क्रियाशील भएको वडा अध्यक्ष भोटोला थामीले बताए ।