INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर कारागारबाट फरार कैदी गिरफ्तार

तुलसीपुर कारागारबाट ०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका बंगलाचुली गाउँपालिका–३ का ३१ वर्षीय लेखराज केसीलाई इलाका प्रहरी कार्यालय लमहीले पुस ४ गते गिरफ्तार गरेको छ ।

अफिम कारोबारको कसुरमा अदालतबाट १५ वर्ष कैद भुक्तानका लागि तुलसीपुर कारागारमा रहेका केसी जेल तोडेर फरार भएका थिए । केसीले मङ्सिर २० गते लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाट गर्ने प्रयास गरी फरार भएपछि उनलाई प्रहरीले राजपुर गाउँपालिका जंगलमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि मङ्सिर २७ गते लमहीकै होटेल रोयल प्यालेसको कोठाबाट केसीले प्रयोग गरी लुकाएको अवस्थामा प्रहरीले एक थान पेस्तोल बरामद गरेको थियो । जेन्जी आन्दोलनका क्रममा तुलसीपुरबाट २ सय ५३ कैदी भागेको र अझै ७२ जना फरार रहेको प्रहरीले जनाएको छ ।

जयनारायण पुन

अन्य

भिडियो