पाँचपोखरी थाङपाल गाउँपालिका— ३ स्थित भोताङ देवी माविका शिक्षक अजय धितालले सोही विद्यालय कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमेश तमाङलाई ०८२ पुस २ गते कक्षाकोठामा कुटपिट गरी यातना दिएका छन् ।
कुटपिट र यातनाबाट घाइते बालकको धुलिखेल अस्पतालमा उपचारमा भइरहेको स्थानीय दलु लामाले बताउनुभयो ।
घाइते बालकको कानबाट रगत बग्ने गरी चोट लागेको स्थानिय कर्म ज्याबा तामाङले बताउनुभयो ।
पढ्न गएका विद्यार्थीलाई कुटपिट गरी यातना दिएको घटनाका बारेमा विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीसँग कुरा गर्दा विद्यार्थी अत्यन्त चञ्चले र आचरणहीन भएकाले समस्या भएको बताउनुभयो ।
घटना बारे प्रहरी चौकी मानेखर्कमा जानकारी गराइसकेको र घाइते बालक उपचार पश्चात घर फर्केपछि कानुनी उपचारको लागि सम्बन्धी निकायमा जाने स्थानीय समाजसेवी माला तामाङले बताउनु भयो ।