INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्म कैदको फैसला

माइजोगमाई गाउँपालिका–५ की २६ वर्षीया बिमला लिम्बूको हत्या गरेको कसुरमा ३८ वर्षीय पति मदन लिम्बूलाई जिल्ला अदात इलामले माघ १४ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मदनविरूद्ध यस्तो फैसला गरेको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए  ।

मदनले गत जेठ १० गते बेलुका खुकुरी प्रहार गरी बिमलाको हत्या गरेका थिए । बेलुका ७ बजेतिर घरायसी विवादका क्रममा लिम्बूले खुकुरी प्रहार गर्दा बिमला घाइते भएकी थिइन् । छाती र पेटमा चोट लागेकी बिमलाको उपचार गर्ने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

माइजोगमाइ गाउँपालिका–५ सोयाङ स्थायी घर भएका उनीहरू इलाम नगरपालिका–९ भञ्ज्याङमा डेरा गरी बस्दै आएको र उनीहरूले मजदुरी पेसा गर्दै आएका थिए ।

अन्य

भिडियो