रोशी गाउँपालिकास्थित मंगलटार इलाका प्रहरी कार्यालयको हिरासतमा ०८२ मंसिर २९ गते एक जनाको मृत्यु भएको छ ।
रोशी गाउँपालिका–१२ का २१ वर्षीय दुधराज तामाङ हिरासत भित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनु भयो ।
दुधराज जिल्ला अदालतमा तारिख लिन जाने क्रममा प्रहरीले ०८२ मंसिर २८ गते गिरफ्तार गरी थप अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
मृतक जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दायर भएको विभिन्न अभियोगका प्रतिवादी समेत हुन् । यस अघि उनलाई तेमाल गाउँपालिकाबाट बच्चा सहितको महिला भगाएको आरोपमा गिरफ्तार गरिएको थियो । तत्पश्चात पुनः उनी चोरी अभियोगमा फरार थिए । विभिन्न स्थानमा चोरी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।