INSEC Online

📅 २०८३ जेष्ठ २१

सुधार गृहमा मृत्यु, दुई जना गिरफ्तार

तिलोत्तमा नगरपालिका–५ का २४ वर्षीय नारायण ढकालको हत्या गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका—११ का २५ वर्षीय आशिष बिक र पाल्पा जिल्ला रैनादेवी गाउँपालिका—४ घरभएका २५ वर्षीय अमृत रास्कोटीलाई ०८२ मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

आरोपितहरु तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्रका कर्मचारी हुन् ।

मृतक परिवारले ढकालको शंकास्पद मृत्यु भएको भन्दै मङसिर ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो ।

बेलायतमा बस्दै आएका मृतक ढकाललाई परिवारले ०८२ कात्तिक २५ गतेदेखि उपचारको लागि पुर्नस्थापना केन्दमा राख्दै आएका थिए ।

मृतकका परिवारले सुधार केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएका बिरामीको कुटपिटबाटै नारायणको मृत्यु भएको आरोप लगाएका छन् । तर सुधार केन्द्रले भने ढकाल भाग्नका लागि भवनमाथिबाट हामफाल्ने क्रममा लडेर घाइते भएको र त्यसपछि उपचारका क्रममा मृत्यु भएको बताएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

शवको मङ्सिर ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरी परिवारले बुझेर सद्गत गरेको प्रहरीले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो