१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिवास नगरपालिका–१२ का ७५ वर्षीय राजेन्द्र महतोलाई ०८२ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई मङ्सिर २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिएका थिए ।
बालिकको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते बर्दिवास अस्पतालमा गरिएको छ ।