पोखरा महानगरपालिका–१६ घर भई पोखरा महानगरपालिका–१० रामघाट बस्ने ६० वर्षीय रमेश सुनारको हत्याको आरोपमा पाल्पा जिल्ला रामपुर घर भई पोखरा महानगरपालिका–१० बस्ने ३८ वर्षीय कृष्णबहादुर थापा भन्ने कृष्णबहादुर भुजेल र धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटीलाई प्रहरीले ०८२ मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले सुनारलाई मंसिर २४ गते मादक पदार्थ सेवन गरी विवाद हुँदा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले बताउनुभयो ।
शवको पोष्टमार्टम मंसिर २५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ । आरोपित विरुद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दर्ता गरी पाँच दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।