INSEC Online

📅 २०८३ जेष्ठ २१

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दुईजना कैदीलाई चोरिको आरोपमा प्रहरीले ०८२ मंसिर ११ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकाहरुमा प्यूठान जिल्ला घर भई हाल पोखरा महानगरपालिका–३ नदिपुर बस्ने २४ वर्षीय सुमित थापा मगर र धादिङ जिल्ला घर भई सोही ठाउँमा बस्दै आएका २७ वर्षीय सुजन परियार रहेका छन् ।

आरोपितहरु विरुद्ध प्रहरीले जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

आरोपित थापा यसभन्दा पहिले पनि अभद«्र व्यवहार, चोरी र सार्वजनिक अपराधमा तथा परियार अभद्र व्यवहार मुद्दामा कास्की कारागारमा कैद भुक्तान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो