INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्मला पन्तको हत्याको घटना सम्बन्धमा विज्ञ टोलीद्वारा प्रतिवेदन पेश

गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा कात्तिक २७ गते गठित विज्ञहरूसहितको टोलीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गरेको छ ।

अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदन उपर आयोगको बैठकले छलफल गरी माघ ९ गते निर्णय गरेको थियो । आयोगको विज्ञ टोलीले निर्मलाको भेजइजनल स्वावको नमूना सङ्कलन नै त्रुटिपूर्ण रहेको किटान गरेको छ ।

‘सोही निर्णय अनुसार आयोगले आज राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा ४(१) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४ बूँदे सिफारिश एवं २४ बूँदे निर्देशन सहितको पत्राचार गरेको छ । साथै यस घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने छ ।’–आयोगद्वारा माघ १३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित उक्त अनुसन्धान समितिमा पूर्व डिआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डि.एन.ए. विशेषज्ञ दिनेश झालगायत टोलीमा संलग्न थिए ।

अन्य

भिडियो