INSEC Online

📅 २०८३ जेष्ठ २१

रसुवामा १ हजार ६३ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रसुवामा १ हजार ६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस अघिको निर्वाचनमा ४० हजार ५ सय मतदाता रहेको रसुवामा थप गरिएको सहित ४१ हजार ५ सय ६३ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक मात्र निवार्चन क्षेत्र रहेको रसुवाका पाँच गाउँपालिकामा ३६ वटा मतदान स्थल र ५४ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी महेश आचार्यले बताउनु भयो ।

०८२ पुस १२ भित्र अन्तिम मतदाता नामावली अद्यावधिक हुने आचार्यले जानकारी गराउनु भयो ।

हेमनाथ खतिवडा

अन्य

भिडियो