जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते क्षेत्रीय कारागार, झुम्बाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागारबाट जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका थुनुवा सुन्दरहरैँचा नगरपालिका–६ का ३१ वर्षीय अजित श्रेष्ठलाई प्रहरीले मङ्सिर २६ गते गिरफ्तार गरेको हो ।
लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि ०८२ असार ३१ गते कारागारमा पुर्पक्षमा रहेका श्रेष्ठ भदौ २४ गते फरार भएका थिए ।
जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा सुन्दरहरैँचास्थित घरबाटै गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले श्रेष्ठलाई मङ्सिर २६ गते कारागारको जिम्मा लगाएको छ ।