INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ १३ गते कुम्मायक गाउँपालिका–१ का २१ वर्षीय अन्तरे भनिने एकल लावतीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पीडित बालिका एक्लै भएको बेला आरोपितले माघ ११ गते राति बलात्कार गरेको पीडितका आफन्तले बताए ।

पीडित बालिकाको उपचार र स्वास्थ्य परीक्षण माघ १२ गते जिल्ला अस्पतालमा गरिएको छ । स्थानीयको सूचनाका आधारमा माघ ११ गते नै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर पौडेलले बताए ।

अन्य

भिडियो