धनगढीमाई नपा–१३ मा माघ ११ गते १४ वर्षीया बालिका सविताकुमारी कामतीको हुन लागेको बालविवाह इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको छ ।
सुखिपुर नपा–८ का २० वर्षीय जितेन्द्रकुमार कामतीसँग बालिकाको विवाह हुन लागेको सूचना स्थानीय अधिकारकर्मीहरूबाट आए पछि दिनभरी प्रहरीले सम्झाएर बालविवाह रोकाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।
नेपालको कानुन अनुसार २० वर्ष पछि मात्र विवाह गर्ने कानुन भएकोले बालिकालाई उच्च शिक्षा अध्ययन गराएर मात्र विवाह गराउन सहमति भएको डिएसपी थापाले बताए ।