INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारको अभावमा एक युवतीको मृत्यु भएको पीडित पक्षको आरोप

चट्याङ लागेर घाइते भएकी पञ्चदेवल-विनायक नगरपालिका-७ की २२ वर्षीया धना रावलको मृत्यु उपचारको अभावमा भएको पीडित पक्षले आरोप लगाएको छ ।

घाइते भएका गम्भीर र सामान्य गरी १७ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा बुधबार बेलुकीबाट उपचार भइरहेको थियो ।

मृतक रावलसहित घाइते सबैलाई स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गरेर थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन लिन जिल्ला बाहिर भएर सुझाव दिएको उक्त नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

चट्याङका घाइतेलाई बाहिर रिफर गरेको आफूलाई जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

मृतकका एक छोरा र एक छोरी छन् भने पति रामबहादुर रावल अर्को विवाह गरेर भारतमा बस्ने गरेका छन् ।

१७ मध्ये आठ जना गम्भीर घाइते समेत कसैलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि रिफर नगरिएको बताइएको छ ।

अन्य

भिडियो