जनकपुरधाम उपमहानगरपालिका– ४ कटैया चौरकी २८ वर्षीया रोशनी झाको हत्या गरेको आरोपमा प्रहरीले सोहि नगरपालिका–३ देवान पोखरीका २५ वर्षीय सचिन झा र १५ वर्षीय प्रतिक झालाई ०८२ मंसिर २३ गते गिरफ्तार गरेको छ ।
पति ३४ वर्षीय प्रशान्त कुमार मिश्रलाई मंसिर १४ गते नै गिरफ्तार गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
०८२ मंसिर ११ गते साँझ रोशनीको हत्या गरेको भन्दै मृतकको माइती पक्षले पति प्रशान्त र भान्जा सचिनविरुद्ध मंसिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कसैलाई जानकारी नलिई शवको अन्त्येष्टि गरेको र आत्महत्या गरेको भनी पन्छिन खोजेको आरोप लगाउँदै न्यायको लागि प्रहरीमा उजुरी दिएको मृतककी आमाले बताउनु भयो ।