INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाको आशङ्कामा पति गिरफ्तार

गुठिचौर गाउँपालिका–३ गज्याङ्कोटकी ३१ वर्षीया भगवती भण्डारीको हत्या गरेको आशङ्कामा प्रहरीले ३२ वर्षीय पति धिरबहादुर बुढालाई माघ १० गते गिरफ्तार गरेको छ ।

मृतकका आफन्तले भगवतीको आत्महत्या नभई हत्या गरेर झुण्डाएको हुनुपर्ने आशङ्का गरेका छन् । मृतक भगवतीको शव घरमै माघ ९ गते झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम सिजालका अनुसार हत्या हो या आत्महत्या हो घटना अनुसन्धानमै रहेको छ । ‘मृतकका आफन्तले घटनाका विषयमा किटानी जाहेरी पनि ल्याएका छैनन् ।’–उनले भने । शवको पोष्टमार्टमका लागि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तले शव बुझेका छैनन् । आत्महत्या नभई हत्या गरिएको भन्दै माघ १० गते खलङ्गामा प्रदर्शनसमेत भएको छ ।

अन्य

भिडियो