INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउपालिका ५ गुन्साका ५१ वर्षीय मानवहादुर गोलेलाई ०७५ माघ ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिला गुन्सा स्थित आफ्नै गाइ गोठमा बसिरहेको बेला आरोपितले ०७५ पुस २६ गते दिउसो जवरजस्ती बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले माघ २ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी लिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रहरीका अनुसार आरोपितलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

अन्य

भिडियो