INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ८ वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालत भोजपुरले माघ ९ गते ८ वर्ष कैद सहित ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सो फैसला गरेको सूचना अधिकारी राजकुमार दाहालले बताए  ।

पीडितलाई आरोपितले गत असोज २५ गते बलात्कार गरेको आरोपमा ंपीडित पक्षले आरोपितविरूद्घ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको थियो । पीडित महिलाको स्वास्थ परीक्षण जिल्ला अस्पताल भोजपुरमा कातिक ८ गते गरिएको थियो ।

अन्य

भिडियो