२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नपा-४ पातिकाल्नाका ३२ वर्षीय गोविन्द शाही र सोही ठाउँका ३५ वर्षीय मदन शाहीविरूद्ध पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएको हो ।
पीडित युवतीलाई आरोपितद्वयले माघ ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।
घटनाको अनुसन्धान र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।