INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १३ वर्षीया बलात्कार घटनाको पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ मङ्सिर १६ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेक बर्दिया जिल्ला प्रतिनिधिले बालिकाका आफन्तलाई न्यायमा पहुँचका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नु भएको हो ।

पीडित बालिकालाई कात्तिक १० गते ठाकुरबाबा नगरपालिका ९ बेतहनीका १९ वर्षीय सनिर थारुले बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय, गुलरियामा उजुरी दिएको थियो ।

घटनाका आरोपितलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको थियो । जिल्ला सरकरी वकिलको कार्यालय, बर्दियाले मङ्सिर ५ गते बर्दिया जिल्ला अदालतमा बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेको थियो । अदालतको मङ्सिर ८ गते न्यायाधीश डल्लुराम चौधरीको इजलासले थारुलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो