INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवसायीलाई ज्यान मार्ने धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी

दुल्लू नगरपालिका–८ चगत्राका सुनचाँदी व्यवसायी ३४ वर्षीय हर्कबहादुर सुनारलाई सोही वडाको कुराँह गाउँ घर भई हाल दुवहीमा मजदुरीले गर्ने २५ वर्षीय अफ्तार खानले माघ ५ गते टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका छन् ।

‘परस्त्री प्रति नराम्रो सोच्ने गरेका छौ, तीन दिनमै तिम्रो ज्यान लिन्छु ।’ भन्दै टेलिफोनबाट धम्की दिएको पीडितले बताए । ‘कुनै महिलाप्रति दुर्व्यवहार गरेको वा कुनै गलत व्यवहार गरेको भए जस्तो कारबाही पनि भोग्न तयार छु’ भने पनि ‘तिमीलाई हानेरै मार्ने हो, मेरो मान्छे आउँछ’ भनेर मोवाइलमा धम्क्याएको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित पक्षले आफूलाई कल गरिएको उताको मोवाइल र आफ्नो मोवाइल नम्वर अनि टेलिफोन कलको अलावा एसएमएस म्यासेजको स्क्रीन सर्ट समेत बुझाइएको छ ।

घटनाको अनुसन्धान गरी विद्युतीय साइबर अपराध अन्तर्गत अनुसन्धान केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले बताए ।

अन्य

भिडियो