INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी प्रभावितहरूको अवस्था अनुगमन गर्न आयोगको टोली मोरङमा

मोरङमा रहेका बाढी प्रभावितहरूको अवस्था तथा सीमा क्षेत्रको मानव अधिकाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले असोज १३ गते अनुगमन गरेको छ ।

आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले, आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका उप निर्देशक झङ्कर रावलसहितको टोलीले मोरङको बाढी प्रभावित मधुमल्ला, डायनिया, इटहरा क्षेत्रका बासिन्दाको अवस्थावारे जानकारी लिएको छ ।

त्यसैगरी उक्त टोलीले सीमाक्षेत्र मोरङ मायागञ्जमा पुगेर त्यहाँको मानव अधिकारको अवस्थाका बारेमासमेत जानकारी लिएको छ ।

गाउँहरूमा पुगेर शिक्षा, स्वास्थ्य, शौचालय, खानेपानी तथा राज्यले गरेका मानव अधिकारसम्बन्धी कानुनी व्यवस्थाका विषयमा जानकारी दिएको राष्ट्रिय मानव अधिकार आयोगका उप निर्देशक झङ्कर रावलले जानकारी दिए ।

स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले आयोगसमक्ष थप सहयोग र वर्षैपिच्छे आउने बाढीको समस्याका कारण अब पुनर्स्थापना गर्ने वातावरण बनाइदिन आग्रह गरेको उप निर्देशक रावलले जानकारी दिए ।

अन्य

भिडियो